प्रहरीमा रोजगारीका लागि दरखास्त आह्वान, सात हजारले जागिर पाउने

प्रहरीमा रोजगारीका लागि दरखास्त आह्वान, सात हजारले जागिर पाउने


काठमाडौं, १५ असोज । नेपाल प्रहरीले सात हजार २५६ रिक्त पदमा भर्ना आह्वान गरेको छ ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनौट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगी लगायतका पदमा सोमबार भर्ना आह्वान गरेको हो ।
जनपथतर्फ प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५२४ जना माग गरिएको छ । प्रहरी जवान पदमा ६ हजार २४४ जनाका लागि आवेदन आह्वान गरिएको छ ।
प्रहरीले खेलाडीतर्फ फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, कँराते, जुडो, एथ्लेटिक्स, बक्सिङ, ब्याडमिन्टन र महिला कबड्डी विधामा मात्र दरखास्त दिन पाइनेछ ।
यो विधामा ३० जनाको दरबन्दी आह्वान गरिएको छ । भर्ना हुन चाहनेले असोज १८ देखि २९ गतेसम्म फारम बझाउन सक्ने छन् । प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी कार्यालयमा फाराम बुझाउनु पर्नेछ ।
जवान पदको दरखास्त काठमाडौँ, ललितपुर, भक्तपुरसहित सबै जिल्ला प्रहरी कार्यालयहरु तथा प्रदेश प्रहरी कार्यालयमा बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

     

MORE  POST YOU CAN READ

प्रहरीमा रोजगारीका लागि दरखास्त आह्वान, सात हजारले जागिर पाउने प्रहरीमा रोजगारीका लागि दरखास्त आह्वान, सात हजारले जागिर पाउने Reviewed by khagendra joshi on Tuesday, October 02, 2018 Rating: 5

No comments:

Powered by Blogger.