एउटै प्रतियोगितामा २४ विकेट लिएर सन्दीपले बनाए राष्ट्रिय कीर्तिमान

एउटै प्रतियोगितामा २४ विकेट लिएर सन्दीपले बनाए राष्ट्रिय कीर्तिमान

काठमाडौँ, २६ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने नेपालका लागि एकै प्रतियोगितामा सर्वाधिक विकेट लिएर राष्ट्रि कीर्तिमान बनाएका छन् ।
सन्दीपले मलेसियामा भइरहेको आइसिसी विश्व टी–२० एसिया क्षेत्र छनोट समूह ‘बी’ प्रतियोगितामा २४ विकेट लिँदै कीर्तिमान बनाएका हुन् । प्रतियोगितामै सर्वाधिक विकेट लिने बलरहरुको सुचीमा पनि सन्दीप एक नम्बरमा छन् ।
सन्दीपले शुक्रबार सिंगापुरविरुद्ध ४ विकेट लिएर राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका हुन् । सन्दीप प्रतियोगिताको सुरुवाती पाँच खेलमा २० विकेट लिएर कीर्तिमान नजिक पुगेका थिए ।
यसअघि सिनियर स्तरमा एकै प्रतियोगितामा बढी विकेट लिने कीर्तिमान बसन्त रेग्मी र विनोद दासको संयुक्त नाममा थियो । बसन्तले सन् २०१२ मा भएको आइसिसी डिभिजन–४ क्रिकेट प्रतियोगितामा २१ विकेट लिँदै विनोद दासको नाममा रहेको कीर्तिमान बराबरी गरेका थिए । विनोदले सन् २००५ को एसिसी फास्ट ट्रयाक कन्ट्रिज प्रतियोगितामा नेपालका लागि २१ विकेट लिएका थिए ।
सन्दीपको नाममा उमेर समूहका एकै प्रतियोगितामा बढी विकेट लिने कीर्तिमान पनि छ । उनले सन् २०१७ मा सिंगापुरमा भएको आइसिसी यू–१९ विश्वकप छनोट प्रतियोगितामा २४ विकेट लिएका थिए । सन्दीपले ६ खेलमा २०.३ ओभर बलिङ गर्दा ५७ रन मात्र खर्चिए ।
सन्दीपले शुक्रबार सिंगापुरविरुद्ध ३.३ ओभर बलिङ गर्दा ४ रन खर्चिए । जारी प्रतियोगितामा उनले चीनविरुद्ध ३ विकेट, भुटानविरूद्ध ३ विकेट, थाइल्यान्डविरुद्ध ५ विकेट, मलेसियाविरुद्ध पनि ५ विकेट र म्यानमार विरुद्ध ४ विकेट लिएका थिए ।
सबै खेलमा नेपालको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीप ५ मध्ये ३ खेलमा म्यान अफ दि म्याच भएका थिए । सन्दीप चीन, म्यानमार र मलेसियाविरुद्धको खेलमा म्यान अफ दि म्याच बनेका हुन् ।

     

MORE  POST YOU CAN READ

एउटै प्रतियोगितामा २४ विकेट लिएर सन्दीपले बनाए राष्ट्रिय कीर्तिमान एउटै प्रतियोगितामा २४ विकेट लिएर सन्दीपले बनाए राष्ट्रिय कीर्तिमान Reviewed by khagendra joshi on Friday, October 12, 2018 Rating: 5

No comments:

Powered by Blogger.