सवारी चलाउनेहरुका लागि आयो नयाँ नियम, ट्राफिकले लगेको लाइसेन्स फिर्ता लिन पनि परिक्षा दिनुपर्ने
असोज । मोरङ प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने चालकले अनिवार्य रुपमा सचेतना परीक्षा दिनुपर्ने नियम लागू गरेको छ । सचेतना परिक्षामा असफल हुने चालकले फेरी सवारी साधन चलाउन नपाउने भएको छ । त्यस्ता चालकलाई परिक्षा दिलाउन प्रहरीले सोही किसिमको प्रविधि समेत तयार गरेको छ । मापसे गर्ने चालकले परीक्षा दिनुपर्ने नियम बनाएर लागू गरिएको यो पहिलो पटक हो।
परीक्षा पास गरेपछि मात्रै चालकले सवारी चालक अनुमति पत्र (लाइसेन्स), ब्लु बुक समेतका कागजपत्र र सवारी साधन फिर्ता पाउने छन्। मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा दुर्घटना बढेपछि प्रहरीले यस्तो उपाय निकालेको हो । अनुभव हिन चालकको
लापरवाहीका कारण दुर्घटना बढेको भन्दै प्रहरीले यस्तो उपाय अपनाएको मोरङ ट्राफिक प्रमुख शिवकुमार पोखरेलले जानकारी दिए। चालकले मादक पदार्थ सेवन गरे नगरेको विषयमा ब्रेथलाइजरमार्फत चेकजाँच गरिने प्रहरीले जनाएको छ ।

त्यही पूर्जी र पूर्जीमा उल्लेख भएको नम्बरका आधारमा मात्रै मापसेले परीक्षामा सहभागी हुन पाउने छन्। यस अघि मापसे गरेर सवारी साधन चलाउने चालकलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना र सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा प्वाल पार्नेजस्ता कारबाही गर्दै आएको थियो।
उनका अनुसार परीक्षा दिएर मात्रै हुँदैन।चालकले अनिवार्य रुपमा परीक्षामा पास पनि हुनैपर्छ। पास नभएसम्म कागजपत्र र सवारी साधन प्रहरीकै नियन्त्रणमा हुने र चालकले फिर्ता लैजान नपाउने पोखरेलको भनाइ छ।
MORE POST YOU CAN READ
सवारी चलाउनेहरुका लागि आयो नयाँ नियम, ट्राफिकले लगेको लाइसेन्स फिर्ता लिन पनि परिक्षा दिनुपर्ने
Reviewed by khagendra joshi
on
Wednesday, October 03, 2018
Rating:
No comments: