निर्मला पन्त हत्याकाण्ड : एसपी विष्टलाई बरखास्त गर्ने तयारी

निर्मला पन्त हत्याकाण्ड : एसपी विष्टलाई बरखास्त गर्ने तयारी


काठमाडौं । कञ्चनपुरको भीमदत्त २ मा साउन १० गते बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान प्रक्रियामा चरम लापारबाही गरेको भन्दै प्रहरीप्रधान कार्यालयले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई सेवाबाटै बरखास्त गर्ने तयारी गरेको छ ।
१४ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले प्रमाण नष्ट गरेको स्थानीयले आरोप लगाएपछि सरकारले उच्चस्तरीय छानविन समिति गठन गरेको थियो ।
सो प्रतिवेदनमा एसपी विष्टसहितको प्रहरीले प्रमाण् नष्ट गरेको, अपराध अनुसन्धानमा चरम लापरबाही गरेको निश्कर्ष निकालेको थियो । यस्तै प्रहरी प्रधान कार्यालयले गठन गरेको छानविन समितिले पनि तत्कालीन जिल्ला प्रहरी प्रमुखले अपराध अनुसन्धानमा चरम लापरबाही गरेको प्रतिवेदन दिएपछि प्रधानकार्यालय विष्टलाई सेवाबाटै बरखास्त गर्ने तयारीमा पुगेको केही सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । यद्यपी यो समाचारको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
समाचारअनुसार प्रधानकार्यालयले विष्टको बरखास्तीका लागि गृहमन्त्रालयमा पत्र पठाइसकेको छ । प्रहरी नियामवलीअनुसार प्रहरी अधिकृतको बरखास्ती गृह सचिब स्तरीय निर्णयबाट हुने भएकाले प्रधानकार्यालयले गृहलाई पत्र पठाएको हो । सम्भवत आइतबार नै विष्ट बरखास्त हुने जनाइएको छ ।
गत साउन १० गते उखुबारीमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो । सो घटनामा प्रहरीकै भूमिका शंकास्पद भएपछि वास्तविक दोषी पत्ता लाग्न सकेको छैन । घटना थप रहस्यमय बन्दै गएको छ ।

     

MORE  POST YOU CAN READ

निर्मला पन्त हत्याकाण्ड : एसपी विष्टलाई बरखास्त गर्ने तयारी निर्मला पन्त हत्याकाण्ड : एसपी विष्टलाई बरखास्त गर्ने तयारी Reviewed by khagendra joshi on Tuesday, October 23, 2018 Rating: 5

No comments:

Powered by Blogger.