ओली र प्रचण्डबीच गम्भीर छलफल, अान्तरिक विवाद टुंग्याउन पर्सि सचिवालय बैठक
काठमाडौं, असोज १९ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे छलफलमा बाँकी रहेकाे पार्टी एकता, सरकार सञ्चालन तथा अान्तरिक विवाद लगायतका विषयमा छलफल भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । साथै, बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले व्यक्त गरेका असन्तुष्टिका बारेमा पनि टलफल भएकाे स्रोतले जानकारी दिएको छ।
दुबै अध्यक्ष देश बाहिर रहेको हुनाले पार्टी एकता र सरकारका विषय उब्जिएका पछिल्ला विवादका विषयमा छलफल हुन पाएको थिएन।
पार्टीका दुई अध्यक्षले पार्टी एकता प्रक्रियामा एकलौटी ढंगले निर्णय गरेको भन्दै नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल
तथा वरिष्ठ नेता झलनाथ खनाल असन्तुष्ट छन्।
तथा वरिष्ठ नेता झलनाथ खनाल असन्तुष्ट छन्।
नेता नेपालले गत असोज १२ गते स्थायी समितिका सदस्य भेला पार्दै पार्टी सचिवालयले गरेको प्रदेश कमिटीको नेतृत्व सिफारिस मान्य नहुने बताएका थिए। उनले तत्काल स्थायी समिति बैठक बोलाउन माग गरेका थिए।
MORE POST YOU CAN READ
ओली र प्रचण्डबीच गम्भीर छलफल, अान्तरिक विवाद टुंग्याउन पर्सि सचिवालय बैठक
Reviewed by khagendra joshi
on
Friday, October 05, 2018
Rating:

No comments: