माइक्रो बस र ट्रक ठोक्किँदा ४ जनाको मृत्यु, ११ घाइते
बाँके, २० असोज । बाँकेमा माइक्रो बस र ट्रक एक आपसमा ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । कोहलपुर–लमही सडक खण्डको राप्ती सोनारी गाउँपालिका ९ मा दुर्घटना भएको हो । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।
दाङको तुलसीपुरबाट नेपालगन्जका लागि छुटेको बा १ ख १६६२ नम्बरको बस र नेपालगन्जबाट दाङ तर्फ गुडिरहेको लु १ ख ७७२९ नम्बरको ट्रक एकापसमा जुधेर दुर्घटना भएको हो ।
दुर्घटनामा चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मध्य तीनको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परेकाहरुको सनाखत भएको छैन । घाइतेहरुको उपचार भइरहेको छ ।
MORE POST YOU CAN READ
माइक्रो बस र ट्रक ठोक्किँदा ४ जनाको मृत्यु, ११ घाइते
Reviewed by khagendra joshi
on
Friday, October 05, 2018
Rating:

No comments: