मेस्सीको गोल रेकर्ड तोड्ने ह्यारी केनको आशा
पछिल्लो तीन सिजनमध्ये दुईमा केन प्रिमियर लिगका सर्वाधिक गोलकर्ता हुन् । साथै रुस विश्वकपमा उनले गोल्डेन बुटसमेत जिते । पछिल्लोपटक हडर्सफिल्डविरुद्ध दुई गोल गरेपछि टोटनहृयामका लागि उनको गोलसंख्या १४५ पुगेको छ ।
तर, उनी मेस्सीभन्दा कोसौं टाढा छन् । मेस्सीले बार्सिलोनाका लागि ६४६ खेलमा ५६० गोल गरिसकेका छन् । च्याम्पियन्स लिगमै पनि उनको गोल संख्या १०३ छ । ‘जब एकै सिजनमा ५०/६० गोल गरे, त्यसबेला नै मेस्सी र रोनाल्डो सामान्य भन्दा माथि गए’ इंग्ल्याण्डका कप्तान समेत रहेका केनले भने ।
‘एउटा खेलाडीका रुपमा तपाईले विश्वकै उत्कृष्ट खेलाडीविरुद्ध खेल्न चाहनुहुन्छ र मेस्सी त्यही हुन् । उनलाई रोक्न हामी आफ्नो तर्फबाट सक्दो गर्छौं ।’
MORE POST YOU CAN READ
मेस्सीको गोल रेकर्ड तोड्ने ह्यारी केनको आशा
Reviewed by khagendra joshi
on
Wednesday, October 03, 2018
Rating:

No comments: