सुनकाण्डमा मुछिएका एसएसपीसहित ३ प्रहरीको निलम्बन फुकुवा

सुनकाण्डमा मुछिएका एसएसपीसहित ३ प्रहरीको निलम्बन फुकुवा


१७ असोज, काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाइएका ३ प्रहरी अधिकारीको निलम्बन फुकुवा भएको छ ।
शाक्य हत्या प्रकरणको सूचना पाएर अनुसन्धान थालेको तत्कालिन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी र जघन्य अपराध पिल्लरका प्रमुख डिएसपी प्रजित केसीको निलम्बन फुकुवा भएको हो ।
उनीहरुसँगै सुन तस्करीको चुडामणि उप्रेती गोरे नेतृत्वको गिरोहबाट सुन तस्करीमा सघाउन रकम लिएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालको पनि निलम्बन फुकुवा भएको छ ।
उनी जिल्ला प्रहरी कार्यालय, मकवानपुरका तत्कालिन प्रमुख थिए । खनालले विमानस्थल प्रहरी कार्यालयमा बस्दा गोरे समूहबाट रकम लिएको अारोप लागेको थियो ।
प्रहरी नियमावली, २०७१ मा भएको व्यवस्था अनुरुप फौजदारी अभियोगमा गिरफ्तारी भएलगत्तै उनीहरु निलम्बित भएका थिए । उच्च अदालत, बिराटनगरले साधारण तारेखमा छोड्न आदेश दिएलगत्तै सोही व्यवस्थाबाट उनीहरुको निलम्बन फुकुवा गरिएको हो ।
गृह मन्त्रालयका एक अधिकारीले गृहसचिव प्रेमकुमार राईले उनीहरुमाथिको निलम्बन फुकुवा गरेको बताए । यद्यपि, निलम्बन फुकुवा गरिएको पत्र प्रहरी प्रधान कार्यालयसम्म नपुगुञ्जेल उनीहरु प्रहरी सेवामा फर्कने छैनन् ।
‘हामीलाई अहिलेसम्म त्यस्तो जानकारी आएको छैन’, केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले अनलाइनखबरसँग भने, ‘यदी निलम्बन फुकुवा भएको हो भने गृहबाट पत्र आउँछ । र, पत्र प्राप्त भइसकेपछि उहाँहरु नियमित कामकाजमा फर्किनु हुनेछ ।’

     

MORE  POST YOU CAN READ

सुनकाण्डमा मुछिएका एसएसपीसहित ३ प्रहरीको निलम्बन फुकुवा सुनकाण्डमा मुछिएका एसएसपीसहित ३ प्रहरीको निलम्बन फुकुवा Reviewed by khagendra joshi on Wednesday, October 03, 2018 Rating: 5

No comments:

Powered by Blogger.