विद्यार्थी नेतालाई १ लाख दाम चढाए त्रिविको प्रवेश परीक्षा पास !

विद्यार्थी नेतालाई १ लाख दाम चढाए त्रिविको प्रवेश परीक्षा पास !

१६ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लिएको प्रवेश परीक्षाको प्रश्नपत्र विद्यार्थी नेता र शिक्षकको मिलेमतोमा प्रश्नपत्र ‘लिक’ हुने गरेको खुलासा भएको छ ।
गत ११ असोजमा त्रिवि अन्तरगतको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी–सीएसआईटी) विषयको प्रवेश परीक्षाको प्रश्नपत्र लिक भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गराउन शिक्षक र विद्यार्थी नेता नै सक्रिय भएको पाइएको हो ।
लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल)का अनेरास्ववियु नेता कमलराज जोशी र प्रवीण अधिकारीलाई प्रहरीले ताहचलस्थित महेन्द्ररत्न क्याम्पसको परीक्षा केन्द्रबाटै पक्राउ गरेको छ । अनेरास्वियूका इकाइ अध्यक्ष लोकेन्द्र बोहरा अझै फरार छन् ।
उनीहरुले एउटा समूह नै बनाएर प्रवेश परीक्षामा सेटिङ मिलाउने गरेको खुलेको हो । समूहमा केही इन्स्टिच्यूट र त्यहाँ कार्यरत शिक्षकहरु पनि संलग्न रहेको प्रहरीको आशंका छ । यद्यपि, उनीहरुको प्रहरीले पहिचान गरिसकेको छैन ।
ब्यूरोका निर्देशक प्रहरी नायब महानिरीक्षक (डिआईजी) नारायणसिंह खड्काले थप अनुसन्धान भइरहेको बताए ।
‘हामीलाई गोप्य सूचना आएपछि यहाँबाट टोली खटाएका थियौं’, उनले अनलाइनखबरसँग भने, ‘परीक्षा केन्द्रमा पुग्दा त्यहाँ कतिसम्मको लापरबाही हुँदो रहेछ भन्ने खुल्यो ।’
३० हजार एड्भान्स, पास गर्न जम्मा १ लाख !
त्रिविको प्रवेश परीक्षामा कसलाई पास गराउने, कसलाई नगराउने भन्ने समते चलखेल हुन्छ भन्ने सूचना प्रहरीका विभिन्न इकाइमा यसअघि पनि आउने गरेका थिए ।
तर, प्रहरीले प्रमाण भेट्न सकेको थिएन । पहिलो पटक रंगेहात दुई विद्यार्थी नेता पक्राउ परेका छन् ।बीएससी–सीएसआईटी पढ्नका लागि सरकारी कलेजमा नाम निस्किए २ लाख रुपैयाँमा अध्ययन गर्न सकिन्छ । तर, निजी क्याम्पसमा अध्ययन गर्दा कम्तिमा १० लाख रुपैयाँसम्म खर्च हुन्छ ।

     

MORE  POST YOU CAN READ

     

MORE  POST YOU CAN READ

विद्यार्थी नेतालाई १ लाख दाम चढाए त्रिविको प्रवेश परीक्षा पास ! विद्यार्थी नेतालाई १ लाख दाम चढाए त्रिविको प्रवेश परीक्षा पास ! Reviewed by khagendra joshi on Tuesday, October 02, 2018 Rating: 5

No comments:

Powered by Blogger.