विवाद बढेपछि खुकुरी प्रहार गरी श्रीमतीको हत्या

विवाद बढेपछि खुकुरी प्रहार गरी श्रीमतीको हत्या


रोल्पा, कार्तिक ८ ।
रोल्पामा गाउँपालिका ५ पाखा पानीस्थित गाउँका सुकलाल सार्कीले पत्नी देवीसराको आफ्नो श्रीमतीमाथि खुकुरी प्रहार गरी हत्या गरेको छ ।
प्रहरीका अनुसार पति र पत्नीबीच विवाद उत्पन्न भएपछि बुधबार राति आवेगमा आएर सुकलालले पत्नीमाथि खुकुरी प्रहार गर्दा घटनास्थलमै देवीसराको मृत्यु भएको थियो ।
उक्त स्थान रोल्पा सदरमुकाम लिबाङदेखि पश्चिम सल्यानको सीमामा पर्छ। सनकमा खुकुरी प्रहार गर्ने सुकलाल ४३ वर्षका छन् भने मृतक उनकी पत्नी देवीसराको उमेर ३९ वर्ष थियो ।
प्रहरी नायब उपरीक्षक दीपक खड्काले प्रहरी टोली घटनास्थल पुगी हत्या अभियोग लागेका सुकलाल र मृतक देवीसराको शव नियन्त्रणमा लिएको बताए । उनले घटनाबारे अनुसन्धान जारी राखिएको बताए ।
प्रहरीका अनुसार हत्या अभियोग लागेका सार्कीको मानसिक सन्तुलनमा समस्या देखिएको स्थानीयले बताएका छन्। उनको परिवारमा ३ छोरा र ४ छोरी छन्। मृतकको शव पोष्ट मार्टम गर्न रोल्पा अस्पतालमा ल्याउने तयारी भइरहेको छ।
केही समययता रोल्पामा हत्या, बलात्कार तथा आत्महत्याका घटना बृद्धि भएका छन्। विगतको सशस्त्र द्वन्द्वको प्रभावले घटना भएको प्रहरीको भनाइ छ । कान्तिपुरबाट

     

MORE  POST YOU CAN READ

विवाद बढेपछि खुकुरी प्रहार गरी श्रीमतीको हत्या विवाद बढेपछि खुकुरी प्रहार गरी श्रीमतीको हत्या Reviewed by khagendra joshi on Thursday, October 25, 2018 Rating: 5

No comments:

Powered by Blogger.