सन्दीप लामिछाने अष्ट्रेलियन बिग ब्यासमा आबद्ध
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियामा हुने बिग ब्यास क्रिकेटका लागि मेलबोर्न स्टार्ससँग आबद्ध भएका छन्।
भारतमा यसै वर्ष भएको आइपिएलमा दिल्लीबाट खेल्दै सनसनी मच्चाएका उनी एसोसिएट राष्ट्रबाट बिग ब्यास खेल्ने पहिलो खेलाडी हुनेछन्।
दिल्लीमा सनसनीपूर्ण डेब्यू गर्दै ३ खेलमा ५ विकेट लिँदै व्यवसायिक क्रिकेट थालेका सन्दीपले त्यसपछि ग्लोबल टी २० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए।
त्यसपछि क्यारेवियन प्रिमियर लिगजस्ता विश्वचर्चित लिगमा खेलिसकेका उनले अफगानिस्तान प्रिमियर लिग, बंगालदेश प्रिमियर लिग र युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टी-१० मा पनि अनुबन्ध भईसकेका छन्।
यसअघि पनि अस्ट्रेलियन भूमीमा अनुभव बटुलिसकेका उनले माइकल क्लार्कको क्लब वेष्ट्रन सवर्वस् डिस्ट्रिक क्लवबाट २०१६–१७ को सिजनको प्रिमियर ग्रेड क्रिकेट लिग खेलेका थिए। सन्दीपले क्लार्कको एकेडेमीमा समेत प्रशिक्षण गरेका थिए।
उनीसँगै अफगानिस्तानका मुजीब उर रहमानले पनि बिग ब्यासमा मौका पाएका छन्। उनलाई गत साता मात्र ब्रिसबेन हर्ट्सले आबद्ध गरेको थियो।
यसै वर्षको नोभेम्बर १६ देखि डिसेम्बर १६ सम्म हुने दक्षिण अफ्रीकाको टि-२० लिगको ड्राफ्टबाट नाम फिर्ता लिएका सन्दीपका लागि दिल्लीमा सनसनीपूर्ण डेब्यू गर्दै ३ खेलमा ५ विकेट लिँदै व्यवसायिक क्रिकेट थालेका सन्दीपले त्यसपछि ग्लोबल टी २० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए।
त्यसपछि क्यारेवियन प्रिमियर लिगजस्ता विश्वचर्चित लिगमा खेलिसकेका उनले अफगानिस्तान प्रिमियर लिग, बंगालदेश प्रिमियर लिग र युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टी-१० मा पनि अनुबन्ध भईसकेका छन्।
यसअघि पनि अस्ट्रेलियन भूमीमा अनुभव बटुलिसकेका उनले माइकल क्लार्कको क्लब वेष्ट्रन सवर्वस् डिस्ट्रिक क्लवबाट २०१६–१७ को सिजनको प्रिमियर ग्रेड क्रिकेट लिग खेलेका थिए। सन्दीपले क्लार्कको एकेडेमीमा समेत प्रशिक्षण गरेका थिए।
उनीसँगै अफगानिस्तानका मुजीब उर रहमानले पनि बिग ब्यासमा मौका पाएका छन्। उनलाई गत साता मात्र ब्रिसबेन हर्ट्सले आबद्ध गरेको थियो।
यसै वर्षको नोभेम्बर १६ देखि डिसेम्बर १६ सम्म हुने दक्षिण अफ्रीकाको टि-२० लिगको ड्राफ्टबाट नाम फिर्ता लिएका सन्दीपका लागि क्रिकेटमा यो अर्को फड्को हो।
क्रिकेट वेबसाइट क्रिकइन्फोको अनुसार सन्दीप डिसेम्बर १९ बाट सुरू हुने बिग बास लिगका लागि डिसेम्बर १० मा मेलबोर्न स्टार्सटिममा सामेल हुनेछन्।
यो सिजनमा निकै व्यस्त बनेका १८ वर्षिय सन्दीप यसै साता पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिगमा विराटनगरको मार्की खेलाडीसमेत हुन्।
उनी बिग बास लिग चलिरहँदै बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश जानेछन्।
बंगलादेश प्रिमियर लिग जनवरी ५ देखि फेब्रुअरी ८ सम्म हुनेछ। बंगलादेशमा सन्दीपले सिल्हेट सिक्सरबाट खेल्नेछन्।
त्यसपछि सन्दीप बिग बासका लागि पुनः अष्ट्रेलिया फर्कनेछन्। बिग बास लिग फेब्रुवरी १७ सम्म हुनेछ। यो अर्को फड्को हो।
क्रिकेट वेबसाइट क्रिकइन्फोको अनुसार सन्दीप डिसेम्बर १९ बाट सुरू हुने बिग बास लिगका लागि डिसेम्बर १० मा मेलबोर्न स्टार्सटिममा सामेल हुनेछन्।
यो सिजनमा निकै व्यस्त बनेका १८ वर्षिय सन्दीप यसै साता पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिगमा विराटनगरको मार्की खेलाडीसमेत हुन्।
उनी बिग बास लिग चलिरहँदै बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश जानेछन्।
बंगलादेश प्रिमियर लिग जनवरी ५ देखि फेब्रुअरी ८ सम्म हुनेछ। बंगलादेशमा सन्दीपले सिल्हेट सिक्सरबाट खेल्नेछन्।
त्यसपछि सन्दीप बिग बासका लागि पुनः अष्ट्रेलिया फर्कनेछन्। बिग बास लिग फेब्रुवरी १७ सम्म हुनेछ।
MORE POST YOU CAN READ
सन्दीप लामिछाने अष्ट्रेलियन बिग ब्यासमा आबद्ध
Reviewed by khagendra joshi
on
Monday, October 22, 2018
Rating:
No comments: