त्यो साँझ बौद्धमा राहुल गान्धीलाई सुटुक्क भेट्ने नेपाली युवती को थिइन्?
भारतको प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीको अघिल्लो महिना आकस्मिक र छोटो काठमाडौं भ्रमणबारे थप केही रोचक विवरण प्राप्त भएका छन्। राहुल बिमस्टेक सम्मेलनका लागि आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतै रहेका बेला १५ भदौमा काठमाडौं ओर्लिएका थिए।
नेपाल सरकार र काठमाडौंस्थित भारतीय दूतावासलाई राहुलको काठमाडौं आगमनबारे औपचारिक जानकारी नभएपनि उनी आएपछि चाहिँ नेपाल प्रहरीले डिएसपीको कमाण्डमा एकजना प्रहरी निरीक्षकसहित पाँचजनाको सुरक्षा टोली खटाएको थियो। राहुल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेदेखि एयर चाइनाबाट चीन नउडेसम्मको सुरक्षा यही टोलीले दिएको थियो।
एक सुरक्षा अधिकारीका भनाईमा, भीभीआइपीहरुलाई भारतीय सरकारले प्रदान गर्ने ‘जेट प्लस’ सुरक्षा व्यवस्था अन्र्तगत राहुलको सुरक्षाका लागि नेपाल पनि प्रहरीले ‘अति विशिष्ठ’ हरूलाई दिइने सुरक्षा सीपको भरपुर प्रयोग गरेको थियो। नेपालका शीर्ष नेताहरुलाई दिइएको देखिने भारी–भरकम सुरक्षा व्यवस्था नअपनाइए पनि राहुलको काठमाडौं बसाई अवधि भरका लागि चारै दिशाबाट कभर हुनेगरी विशेष सुरक्षा दिइएको थियो।
प्रहरीका उच्च अधिकारीका अनुसार राहुलको सुरक्षा प्रबन्ध महानगरीय प्रहरी परिसर काठमाडौंले गरेको थियो। विमानस्थलबाट लाजिम्पाटस्थित होटल र्याडिसन पुगेपछि सुरक्षामा खटिएका काठमाडौं प्रहरी मातहतका डिएसपीले राहुलका लागि मिलाइएको सुरक्षा व्यवस्थाबारे ब्रिफिङ गरेका थिए।
राहुलले बोकेको रोमिङ सुविधा सहितको भारतीय मोबाइल नम्बरमा ती डिएसपीलाई जोडिएको थियो। आफ्नो सुरक्षाका लागि खटिएको नेपाल प्रहरीको टोलीका प्रमुख ती डिएसपीलाई राहुलले काडमाडौंमा रहँदाको आफ्नो ‘प्रोग्राम सेड्युल’ जानकारी गराएका थिए।
राहुलको सुरक्षाका लागि खटिएका डिएसपीको कमाण्डमा एक इन्सपेक्टरपनि थिए। बाँकी तीनै जना कनिष्ठ प्रहरी सबै सादा पोशाकमा थिए।
‘नेपाल प्रहरीले अति विशिष्ठ व्यक्तिलाई प्रदान गर्ने कोभर्ड सेक्युरिटी (गोप्य सुरक्षा) शैली राहुलको सुरक्षाका लागि अपनाइएको थियो’, ती प्रहरी अधिकारीले नेपालखबरसँग भने, ‘काठमाडौंमा आफ्नो वरिपरि नेपालको तर्फबाट पनि सुरक्षा प्रबन्ध गरिएको छ भन्ने कुरा राहुलको टोलीबाहेक कसैले भेउ पाएनन्।’
यसरी गरिएको थियो सुरक्षा
राहुल आफ्ना २ जना सहयोगीका साथ १५ भदौमा जेट एयरको उडानबाट दिल्लीबाट काठमाडौं आइपुगेका थिए। राहुलको आगमनको खबर प्रधानमन्त्री तथा मन्त्रीपरिषदले पाएको थियो। राहुलको इच्छा अनुसार तिब्बतको कैलाश मानसरोवर पुग्ने व्यवस्था मिलाउन नेपालमा रहेका उनका हितैषीले सहयोग गरेका थिए।
राहुल आफ्ना २ जना सहयोगीका साथ १५ भदौमा जेट एयरको उडानबाट दिल्लीबाट काठमाडौं आइपुगेका थिए। राहुलको आगमनको खबर प्रधानमन्त्री तथा मन्त्रीपरिषदले पाएको थियो। राहुलको इच्छा अनुसार तिब्बतको कैलाश मानसरोवर पुग्ने व्यवस्था मिलाउन नेपालमा रहेका उनका हितैषीले सहयोग गरेका थिए।
नेपाल हुँदै तिब्बतको कैलाश मानसरोवर जाने योजना बनाएपनि राहुलले यो धार्मिक यात्रालाई नेपाल–भारत सम्बन्धसँग सम्बन्धित विषय बनाउन चाहेनन्।
त्यसैले, उनी सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनासाथ सुरक्षाका लागि तैनाथ अधिकारीहरुले उनलाई पच्छ्याउन सुरु गरे। आफ्ना २ सहयोगीका साथ उनी विमानस्थलबाट सोझै लाजिम्पाटस्थित र्याडिसन होटल पुगे। जहाँ उनको बसोबासको प्रबन्ध गरिएको थियो। होटल पुगेर उनी ‘फ्रेस’ भए, र केही समय आराम गरे।
उनी होटल छिरेको केही समयपछि नै सुरक्षाका लागि खटिएको प्रहरी टोली होटल पुग्यो। डिएसपीको कमाण्डमा रहेको टोलीले होटलमा राहुलसँग आफुहरु सुरक्षाका लागि खटिएको जानकारी गरायो। त्यसपछि राहुल र डिएसपीको नम्बर साटासाट भयो।
केही घण्टा होटलमा बिताएपछि राहुल साँझपख घुम्नका लागि होटलबाट निस्किए। काठमाडौं घुम्नका लागि पनि उनले सामान्य ट्याक्सी प्रयोग गरे। ट्याक्सी नै प्रयोग गरेर मध्यरातसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा उनी पुगे। रेष्टुरेन्टमा खाना खाए।
‘आफ्नो पहिचान नखुलोस् भनेर होला, उहाँले देखिनेरी सुरक्षाकर्मी नखटाउन आग्रह गर्नु भएको थियो, हामीले तपाईंको सुरक्षामा चारजना सुरक्षाकर्मीमात्र खटिन्छन् भन्ने जानकारी गराएका थियौँ’, ती सुरक्षा अधिकारीले भने, ‘कतै प्रस्थान गर्ने बेला र गन्तव्यमा पुगेपछि उहाँले एसएमएस गरेर जानकारी गराउनु हुन्थ्यो।’
जस्तो, १५ भदौ राति होटल पुगेपछि राहुलले एसएमएस गर्दै भनेका थिए, ‘म सुरक्षित रुपमा होटल आइपुगें, तपाईंलाई धन्यवाद।’
बौद्धमा अचानक युवतीको प्रवेश
राहुल आफ्ना सहयोगीका साथमा राजधानीको उत्तरतिर रहेको बौद्धस्थित बौद्धनाथ स्तुपा पुगे। सुरक्षामा खटिएका चार सुरक्षाकर्मीले उनलाई चार दिशाबाट सुरक्षा दिइरहेका थिए। सुरक्षाकर्मीको उपस्थितिका कारण त्यहाँ कुनै भिभिआइपीको उपस्थिति छ भन्ने भेउ कसैले नपाउन् भनेर ती सुरक्षाकर्मी केही पर रहन्थे।
राहुल आफ्ना सहयोगीका साथमा राजधानीको उत्तरतिर रहेको बौद्धस्थित बौद्धनाथ स्तुपा पुगे। सुरक्षामा खटिएका चार सुरक्षाकर्मीले उनलाई चार दिशाबाट सुरक्षा दिइरहेका थिए। सुरक्षाकर्मीको उपस्थितिका कारण त्यहाँ कुनै भिभिआइपीको उपस्थिति छ भन्ने भेउ कसैले नपाउन् भनेर ती सुरक्षाकर्मी केही पर रहन्थे।
जब राहुल बौद्धनाथ स्तुपा पुगे, त्यही बेला एकजना युवती एकाएक राहुल नजिक पुगिन्। राहुल गोप्य रुपमा बौद्धनाथ स्तुपा पुगेका थिए। तर, उनको पहिचान गरेर ती युवती उनको नजिक पुगेपछि प्रहरी टोली सतर्क बन्यो। र, तत्काल आफ्ना कमाण्डरलाई यसबारे जानकारी गरायो।
राहुलतर्फ अघि बढ्दै गरेकी ती युवतीलाई रोक्न नजिकै रहेका सुरक्षाकर्मीले नखोजेका होइनन्। तर, सुरक्षाकर्मीहरु त्यतिबेला पछि हटे, जब ती युवतीलाई राहुल आफैंले बौद्धनाथ स्तुपा परिसरभित्र स्वागत गरे। ती युवती को थिइन्, तत्काल प्रहरीले चिनेनन्। राहुलले पनि ती युवतीसँग आफ्नो भेट हुने जानकारी नेपाली सुरक्षाकर्मीलाई गराएका थिएनन्।
आखिर को थिइन् त ती युवती? प्रहरी स्रोतका अनुसार, राहुलले बौद्धनाथ स्तुपाभित्र भेटेकी ती युवति पत्रकार सुम्निमा उदास थिइन्।
अमेरिकी समाचार संस्था सीएनएनमा आवद्ध भएर दिल्लीमा कार्यरत सुम्निमा बर्माका लागि नेपाली राजदूत भीम उदासकी छोरी हुन्। दिल्लीमै सुम्निमा राहुलबीच मित्रता बढेको चर्चा हुने गरेको छ। खिलराज रेग्मी मन्त्री परिषदको अध्यक्ष हुँदा उदासलाई भारतका लागि नेपाली राजदूत बनाइन लागेको चर्चापनि चलेको थियो। छोरी सुम्निमाको राहुलसँगको चिनजान र सामिप्यताका कारण उदासलाई भारतका लागि नेपाली राजदूत बनाइन लागेको अनुमान राजनीतिक र पत्रकारिता वृत्तमा बढेको थियो।
सुम्निमासँग भेटघाट र स्तुपाको अवलोकनपछि राहुल त्यहाँबाट निस्किए। सुरक्षास्रोतको दावी के छ भने, राहुल स्तुपा परिसरबाट निस्कँदा सुम्निमा साथमा थिइनन्।
राहुल बौद्धबाट फर्कंदा चावहिल–गौशाला सडक खण्डमा निकै ठूलो जाम थियो। जाम हुनुको कारण थियो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भारतीय सहयोगमा पशुपतिनाथ क्षेत्रमा निर्मित आश्रमको उद्घाटन।
राहुल भाडाको गाडीमा थिए। उनलाई मोटरसाइकल सहितका सुरक्षाकर्मीले पच्छ्याएका थिए। बौद्धबाट लाजिम्पाट फर्किएपछि र्याडिसन होटल नजिकै रहेको रेष्टुरेन्ट ‘भूतू फुड बुटिक’ मा खाना खाए। खानापछि होटल फर्के, केही समय त्यहीँ बिताए। र, फेरि रातको समयमा काठमाडौं घुम्न निस्किए।
शुक्रबार मध्यरातसम्म राहुलले ट्याक्सीमा घुम्दै काठमाडौँको रात्रीकालिन जीवनको अनुभव लिए। त्यसक्रममा उनले केही समय ठमेलमा बिताए, त्यसपछि ललितपुर पुल्चोकस्थित ‘लबिम मल’ गए। त्यहाँ केही समय बिताएर राहुल होटलमै फर्किए।
होटलबाट सुटुक्क विमानस्थल
भारतीय सञ्चारमाध्यमहरुले राहुत १४ भदौमा काठमाडौँ आउने समाचार दिएका थिए। त्यही समाचारका आधारमा नेपाली सञ्चारमाध्यमहरुको ध्यानपनि विमानस्थलमा थियो। तर उनी १५ भदौमा मात्र काठमाडौं आइपुगे।
भारतीय सञ्चारमाध्यमहरुले राहुत १४ भदौमा काठमाडौँ आउने समाचार दिएका थिए। त्यही समाचारका आधारमा नेपाली सञ्चारमाध्यमहरुको ध्यानपनि विमानस्थलमा थियो। तर उनी १५ भदौमा मात्र काठमाडौं आइपुगे।
उनी १६ भदौको बिहान एयर चाइनाको उडानबाट ल्हासा जाने सूचना बाहिरिएपछि होटल र्याडिसन बाहिर र विमानस्थलमा सञ्चारकर्मी भेला भएका थिए। तर, उनीहरुले राहुललाई भेट्न सकेनन्।
ल्हासा प्रस्थान गर्न लागेका राहुललाई र्याडिसन होटल र विमानस्थलमा पनि सञ्चारकर्मीहरुले भेट्न नसक्नुको पनि कारण थियो।
‘सञ्चारकर्मीहरुको उपस्थितिका कारण होटल अगाडिको गेटबाट निकाल्न अप्ठेरो हुने भएपछि पछाडि ढोकाबाट राहुललाई निकालियो’ सुरक्षामा खटिएका ती अधिकारीले भने, ‘राहुललाई एउटा निजी भ्यानमा राखेर विमानस्थल र विमानस्थलमा पनि सामान्य कक्ष भएर विमानसम्म पुर्याएका थियौँ।’
MORE POST YOU CAN READ
त्यो साँझ बौद्धमा राहुल गान्धीलाई सुटुक्क भेट्ने नेपाली युवती को थिइन्?
Reviewed by khagendra joshi
on
Friday, October 05, 2018
Rating:

No comments: