मोबाइल तथा इन्टरनेट प्रयोगमा नेपाल साउथ एसियामै अगाडि
काठमाडाैं, असाेज १८ ।
क्षेत्रीय आइसिटी नीतिको भण्डार लर्न एसियाले गरेको एक अध्ययनले नेपालमा मोबाइल तथा इन्टरनेटको पहुँच र यसका प्रयोगकर्तासम्बन्धी नयाँ तथ्यांक सार्वजनिक गरेको छ ।
भर्खरै सम्पन्न ‘आफ्टर एक्सेस’ नामक सर्वेक्षणले नेपालमा अन्य छिमेकी मुलुकहरुको तुलनामा मोबाइल तथा इन्टरनेट प्रयोगमा अग्र स्थानमा रहेको तथ्य सार्वजनिक
गरेको छ । अध्ययन प्रतिवेदनले ई–कमर्शको सुचाङ्कमा भने सो अवस्था नरहेको बताएको छ ।
अध्ययन प्रतिवेदन अनुसार, १५–६५ उमेर समूहका ७२ प्रतिशत नेपाली जनतासँग मोवाइल फोन रहेको छ । यी मध्ये ६० प्रतिशत फोनहरु इन्टरनेट चल्ने स्मार्टफोन छन् । साथै ४६ प्रतिशत नेपाली इन्टरनेटको बारेमा जानाकार छन् । यो तथ्य एसियाका मुलुकहरु भारत, पाकिस्तान, म्यानमार, वंगलादेश र कम्वोडियाभन्दा उच्च हो ।
अध्ययन सार्वजनिक गर्दै लर्न एसियाका प्रमुख कार्यकारी अधिकृत तथा क्षेत्रीय आइसिटी नीतिका विशेषज्ञ हेलानी गलपाया भनिन, ‘नेपालमा इ–कमर्श विकासको ठुलो संभावना छ । यस क्षेत्रका सरोकारवालाहरु चेतना अभिवृद्धि तथा मोवाइल वित्तिय सेवा र इ–कमर्श वृद्धिका लागि सँगसँगै अघि बढ्नु पर्दछ ।’
अध्ययनमा केवल ३ प्रतिशत मोवाइल प्रयोगकर्ताहरुले कुनै वेला पैसा पठाउन र प्राप्त गर्न मोबाइल प्रयोग गरेको पाइएको छ । त्यस्तै केवल १५– ६५ उमेर समुहका २५ प्रतिशत नेपाली इन्टरनेट प्रयोगकर्ताहरुले विभिन्न मञ्चहरुमध्ये कम्तिमा एउटाकोबारेमा जानकार रहेको पाइएको छ । यस समूहको मात्र ४ प्रतिशतले तीनिहरु मध्ये कुनैको प्रयोग गरेको बताए । यो संख्या सर्वेक्षण गरिएका धेरै एसियाली देशहरुको मध्ये न्यन हो ।
इन्टरनेट प्रयोग नगर्नुको मूख्य कारण यस सम्बन्धी चेतनाको कमी रहेको र बाँकी इन्टरनेत तथा मोबाइल प्रयोगमा भएको उपलब्धी अन्तरराष्ट्रिय पुरस्कार प्राप्त गर्न लायक कार्य भएको निष्कर्ष निकालिएको छ । यसले ग्लोवल साउथमा मोवाइल फोन, इन्टरनेट, सामाजिक सञ्जाल र अन्य अनलाईन मञ्चहरुको पहुँच तथा प्रयोग सम्बन्धि ठोस तथ्याङ्क संकलन गरेको छ ।
मूख्य अनुसन्धानकर्ता तथा टोलीनेता गलपयाले भनिन्, ‘मोबाईल फोन तथा ईन्टरनेटमा उपलब्ध सूचना तथा तथ्याङ्कले राष्ट्रिय जनसंख्याको प्रतिनिधित्व गर्दैन । यो सरकार र अन्य निर्णयकर्ताहरुलाई अप्राप्त तथ्याङक हुन्छ ।धरातलीय यथार्थ बुझ्ने एकमात्र उपाय भनेको मान्छेसँग प्रत्यक्ष कुरा गर्नु हो । यो नै आफ्टर ऐक्सेसको मुख्य चरित्र हो।’
आफ्टर ऐक्सेस सर्वेक्षणको नेपाल विशेष नतिजाहरु क्षेत्रीय आइसिटि थिङ्क ट्याङ्कका रुपमा परिचित लर्न एसियाले काठमाडा्रंमा आज (अक्टोबर ४, २०१८) मा लोकार्पण सार्वजनिकरण गरेको छ ।
उक्त सार्वजनिकिकरण कार्यक्रममा प्रतिवेदनको सारांश र नेपालको अवस्थाको सम्बन्धमा प्यानल छलफल भएको थियो । यो कार्यक्रम लर्न एसिया, इन्टरनेट सोसाईटी नेपाल र सेन्टर फर ल एण्ड टेक्नोलिजि ले संयुक्त रुपमा आयोजना गरेको थियो ।
सेन्टर फर ल एण्ड टेक्नोलोजी का कार्यकारी निर्देशक बाबुराम अर्यालले यो प्रतिवेदनले हाम्रो क्षेत्रको विकासको लागि आवशयक मूख्य बिषयको वारेमा प्रकाश पारेको बताए । उनले भने, ‘हामीले भविष्यका नीति निर्माण कर्ता तथा नियामक तथा औधोगिक नीतिनियमहरुका बारेमा सुचना दिन यो तथ्याङ्क प्रयोग गर्नुपर्छ ।’
कार्यक्रममा दुरसंचार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनल, संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुभास ढकाल, आइ एस ओ सि नेपालका अध्यक्ष सन्तोष सिग्देल, नेपाल टेलिकमकी व्यवस्थापक रिना डंगोल, भायानेट कम्युनिकेशनका प्रवन्ध संचालक विनय वोहरा, का प्रमुख कार्यकारी निर्देशक हेलानी गलपायाको सहभागिता रहेको थियो । साउथ एसिया संयोजक तथा कार्यक्रम सन्चालक उज्वल आचार्यले प्यानल छलफल मोडेट गरेका थिए ।
मोबाइल तथा इन्टरनेट प्रयोगमा नेपाल साउथ एसियामै अगाडि
Reviewed by khagendra joshi
on
Thursday, October 04, 2018
Rating:

No comments: