दशैंमा मासु खाँदा ध्यान दिनुहोस् यी कुरामा

दशैंमा मासु खाँदा ध्यान दिनुहोस् यी कुरामा


काठमाडौं । साधारणतः अरु वेलाको तुलनमा दशैंको वेला हरेकजसो घरमा मासु तथा मासुका परिकारहरु बन्ने गर्छन् । दशैंका वेलामा मासु बढि प्रयोग गर्ने पनि गरिन्छ । कुनै भोज तथा पार्टीहरुमा मासु खाने गरिएपनि दशैंमा आफ्नै घरमा खसी, बोका, भेडा, राँगा, हाँस, कुखुरा लगायत अन्य विभिन्न जनावरका मासु अत्याधिक प्रयोग गरिन्छ । आफन्तजनसँगको भेटघाट तथा रमाइलो गर्ने बाहानामा वर्षदिनको दशैं भन्दै खाइने विभिन्न किसिमका मासुजन्य भोजनले पछि स्वास्थ्यमा अनेकौं किसिमका रोगहरु निम्तिने निश्चित छ ।
यदि तपाईं शाकाहारी हुनुहुन्छ भने फलफुल तरकारी लगायतका खानेकुरा मिलाएर खानुहोस् । दशैंमा मासुले नै रमाइलो हुन्छ भन्ने हुँदैन । शाकाहारी भोजनले पाचनप्रणालीलाई ठुलो भार पर्दैन । तर यदि मासु पनि खानुहुन्छ भने शाकाहारीका तुलनामा बढि ख्याल गर्नुपर्ने हुन्छ ।
मासु मानिसको शरिरलाई अत्यावश्यक खानेकुरा होइन । तर हामी प्रायः पौष्टिक आहार परिपूर्तिका लागि मासु खाने गर्छौं । तर यो आवश्यकता भन्दा बढि भयो भने यसले अनेकौं किसिमका रोग निम्तिने गर्छ । कुनै रोगहरु यस्ता हुन्छन् की एकै वर्षको दशैंमा खाएको मासुले गरेको असर जीवनभर खेपीरहनुपर्ने पनि हुन सक्छ । त्यसैले यस्तो अवस्थामा ध्यान पुर्याउनुपर्ने हुन्छ ।
तपाई यदि नियमित मासु खानुहुन्छ भने पनि ध्यान दिनुहोस् । दशैंका वेला नियमित भन्दा बढि खाइने मासुले अनेकौं रोग निम्तिन पनि सक्छन् । तर यदि कहिलेकाहीं पार्टी वा भोजमा मात्र मासु खाने गर्नुभएको छ भने तपाईंले झनै ध्यान पुर्याउनुहोस् । किनकी तपाईंको पाचन शक्ति त्यति धेरै शक्रिय नहुन सक्छ ।
कस्तो मासु खाने ?
चाडबाडमा मासु खानै नहुने भन्ने होइन । कस्तो मासु खाने, कति र कसरी खाने भन्नेले अर्थ राख्छ । रातोभन्दा सेतो मासु खान उपयुक्त हुन्छ । रातो मासु खानै हुँदैन भन्ने होइन तर मात्रा मिलाएर खान जान्नुपर्छ । मासुका लागि उपयुक्त पशु तथा पन्छीको उल्खिित अंग नखाँदा स्वास्थ्यका लागि उपयुक्त हुन्छ ।
खान नहुने मासु
–मुटु ।
–कलेजो ।
–मिर्गौला ।
–आँखा ।
–रगत ।

     

MORE  POST YOU CAN READ

दशैंमा मासु खाँदा ध्यान दिनुहोस् यी कुरामा दशैंमा मासु खाँदा ध्यान दिनुहोस् यी कुरामा Reviewed by khagendra joshi on Saturday, October 13, 2018 Rating: 5

No comments:

Powered by Blogger.