किन गरे त शिक्षक ले नै बिधालयमा ताला बन्दि ????

शिक्षकले गरे विद्यालयमा तालाबन्दी


लहान, २१ असोज । लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् ।
दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्यालयमा तालाबन्दी गरिएको शिक्षक रामकुमार साहले जानकारी दिनुभयो ।
शिक्षकले आफूहरु तलब नपाएसम्म विद्यालयमा तालाबन्दी र पठ्नपाठन नगर्ने बताएका छन् ।
यता विद्यालयका प्राध्यनाध्यापक प्रमेश्वर रायले आवश्यक सम्पूर्ण प्रक्रिया तयार पारेर लहान नगरपालिकामा बुझाए पनि तलब निकासा नगरेकाले शिक्षकहरुलाई तलब उपलब्ध गराउन नसकिएको बताउनुभयो ।
विद्यालयमा पटक–पटक तालाबन्दी हुँदा एक हजार विद्यार्थीको भविष्य अन्धकार बन्दै गएको छ ।

     

MORE  POST YOU CAN READ

किन गरे त शिक्षक ले नै बिधालयमा ताला बन्दि ????  किन गरे त शिक्षक ले नै बिधालयमा ताला बन्दि ???? Reviewed by khagendra joshi on Saturday, October 06, 2018 Rating: 5

No comments:

Powered by Blogger.