डिभी चिट्ठा बुधबार रातिबाट, फर्म भर्दा यस्ता गल्ती नगर्नुस्
काठमाडौं, १७ असोज । सन् २०२० को लागि डिभि लोटरी बुधबार रातिबाट खुल्ने भएको छ । नेपाली समय अनुशार बुधबार राती पौने १० बजेदेखि इलेक्टोनिक्स डाइभर्सिटी भिसा (डिभी) भर्न सकिने भएको हो ।
डिभी भर्ने अवधि असोज १७ गते राति पौने दश बजेदेखि कार्तिक २० गतेसम्म रहेको छ । अर्थात ईस्वी सम्बत् अनुसार अक्टोबर ३ देखि नोभेम्बर ६ सम्म भर्न सकिने छ ।
अमेरिकी सरकारले आवेदन आफै भर्न र यसको लागि शुल्क खर्च नगर्न समेत सुझाव दिएको छ । एक जना व्यक्तिले एक भन्दा बढी डिभी आवेदन दिएमा स्वत बदर हुने छ । www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम निशुल्क भर्न सकिने छ।
यसवर्षको डीभीको रिजल्ट भने ७ मे २०१९ बाट आउन शुरु गर्नेछ ।
फर्म भर्दा ध्यान दिनुपर्ने कुराहरुः
पारिवारिक विवरणः पतिरपत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
पारिवारिक विवरणः पतिरपत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
अयोग्य सदस्यको विवरण समावेश नगर्नुहोस्ः सन् २०२० को डाइभर्सिटी भिसा कार्यक्रमका हकमा एक नयाँ नीतिगत ल्याइएको छ । मुख्य आवेदकले अयोग्य पतिरपत्नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अबदेखि अयोग्य ठहरिनेछ ।
आफ्नो लागि एक मात्र आवेदन दिनुहोस्ः तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य हुनुहुनेछ ।
हालसालै खिचिएको फोटो समावेश गर्नुहोसः यसवर्ष या हालै खिचेको फोटो समावेश गर्नुहोस् । अन्यथा पहिलेको भएको ठहर भएमा अयोग्य हुन सक्छ । यस्तै फोटो सफा र साधारण तरिकाको र स्पष्ट अनुहार देखिने हुनुपर्छ ।
MORE POST YOU CAN READ
डिभी चिट्ठा बुधबार रातिबाट, फर्म भर्दा यस्ता गल्ती नगर्नुस्
Reviewed by khagendra joshi
on
Wednesday, October 03, 2018
Rating:

No comments: